भान्सा सुधार आरोग्यको आधार एवं स्वस्थ जीवन शैली कार्यक्रम सम्पन्न
यस केन्द्रद्वारा क्व्होलासोथार गा.पा.-३, घलेगाँउ लमजुङमा भान्सा सुधार आरोग्यको आधार अभियान र स्वास्थ्य जीवनशैली कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ। नागरिक आरोग्य वडा समुह, नागरिक समाजका प्रवुद्द वर्गहरु,शिक्षक ,महिला स्वास्थ्य स्वयंसेविकाहरु, आमा समुह, होमस्टे सञ्चालक, जनप्रतिनिधि, गृहिणीहरु लगाएतको उपस्थिति रहेको कार्यक्रममा ५४ जनाको सहभागिता रहेको थियो । जसमा स्वस्थकर आहार विहार, विरुद्द आहार, दिनचर्या-ऋतुचर्या, स्वस्थवृतको पालना, योग अभ्यास, केहि घर तथा भान्सा वरिपरी पाइने जडिवुटीहरुको उपयोग आदिको बारेमा डा.उत्सव पौडेल र प्रेम प्रसाद पौडेलले अभिमुखिकरण गर्नुभएको थियो । साथै भान्सा सुधार तथा स्वस्थ जीवनशैली सम्वन्धि हाते पुस्तक, तथा विभिन्न सुचना मुलक पोष्टरहरु पनि वितरण गरिएको थियो ।
Download: भान्सा सुधार आरोग्यको आधार एवं स्वस्थ जीवन शैली कार्यक्रम सम्पन्न
13
