हाम्रो बारेमा
वेसीशहर नगरपालिका वडा नं. १० बाँझाखेतमा अवस्थित यस कार्यालय२०५१ सालमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, लमजुङको रुपमा स्थापना भएको हो।हाल मिति २०८१/०३/१० को स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको परिपत्र अनुसार यस कार्यालयको नाम संशोधन भइ प्रदेश आयुर्वेद चिकित्सालय बेशीसहर लमजुङ भएको छ।प्रारम्भमा यो स्वास्थ्य केन्द्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद विभाग अन्तर्गत रहने गरी संचालन भयो।संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भइ सात प्रदेश विभाजन पश्चात गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत संचालित छ। विगतमा यस केन्द्रले श्रीमञ्ज्याङ (दोर्दी गा.पा.-३ ), पानिनुनखानी (मर्स्याङ्दी गा.पा.-६ ), सोतिपसल (मध्यनेपाल न.पा.-२ ), सिन्दुरे (सुन्दरवजार न.पा.-११ ), भोटेओडार (सुन्दरवजार न.पा.-९), चक्रतिर्थ (राइनास न.पा.-५ ) र तार्कुघाट (राइनास न.पा.-८ ) आयुर्वेद औषधालय गरी विभिन्न स्थानीय तहमा रहेका ७ वटा आयुर्वेद औषधालयहरुको समेत आर्थिक र प्रशासनिक जिम्मेवारी वहन गर्दै आएको थियो। संघीयताको स्थापना पछि आयुर्वेद औषधालयहरु स्थानीय सरकार अन्तर्गत रही संचालन भइरहेका छन्।यस चिकित्सालयद्वारा आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको कार्यक्रम अन्तर्गत जिल्ला भित्र आयुर्वेद स्वास्थ्य संस्था नभएका पालिकाहरुमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी आयुर्वेद सेवा सुचारु गर्ने क्रममा दुधपोखरी ६गौंडा, क्व्होलासोथर ३ घलेगाँउ र बेशीसहर २ भकुण्डेमा स्थापना गरी स्थानीय तहलाई हस्तान्तरण गरिसकिएको छ। हाल ती नागरिक आरोग्य सेवा केन्द्रहरु स्थानीय तह अन्तर्गत संचालनमा रहेको छ।यस कार्यालयले नि:शुल्क रुपमा दैनिक स्वास्थ्य सेवा, औषधि वितरण सेवा, ल्याव सेवा, शल्य चिकित्सा सेवा, पञ्चकर्म, पुर्वकर्म, स्नेहन, स्वेदन, शिरोधारा, वस्ति सेवा,योग अभ्यास एवं स्वस्थ जिवनशैलीको परामर्श सेवा, जेष्ठ नागरिक आरोग्य सेवा, स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक औषधि वितरण सेवा, मर्म चिकित्सा सेवा आदि सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
68
