बार्षिक समिक्षा कार्यक्रम
प्रदेश आयुर्वेद चिकित्सालय बेसीशहर लमजुङको आयोजनामा आउटरिच क्लिनिक भवनको हल बेसीशहर न.पा.-३, रानीकुवा लमजुङमा आ.ब.०८२/०८३ मा सम्पन्न कार्यक्रमहरुको बार्षिक समिक्षा कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । प्रदेश आयुर्वेद चिकित्सालय बेसीशहर लमजुङका कार्यालय प्रमुख डा. उत्सव पौडेलको अध्यक्षता तथा वेसीशहर नगरपालिका-०३, का वडा सदस्य श्री कृष्ण भुजेलको प्रमुख आतिथ्यता साथै लमजुङ जिल्ला स्थीत सम्पुर्ण आयुर्वेद औषधालयहरु र नागरिक आरोग्य सेवा केन्द्रहरुबाट प्रमुख तथा प्रतिनिधिहरु लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सम्पुर्ण संस्थाहरुबाट आ.ब.०८१/०८२ मा सम्पन्न वार्षिक स्वीकृत कार्यक्रमहरुको प्रगति विवरणको प्रस्तुतीकरण गरिएको थियो ।कार्यक्रममा प्रदेश आयुर्वेद चिकित्सालयका आयुर्वेद चिकित्सक डा. रोजिना पौडेल ले स्वागत मन्तव्य राख्नु भएको थियो भने बैद्य निरीक्षक प्रेम प्रसाद पौडेलले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो।
Download: बार्षिक समिक्षा कार्यक्रम
24
