स्तनपान सप्ताहको अवसरमा स्तनपायी आमाहरुलाई मातृशिशु सरक्षार्थ दुग्धबर्धक जडिबुटी औषधि प्रवर्द्धन
स्तनपान सप्ताहको अवसरमा स्तनपायी आमाहरुलाई मातृशिशु सरक्षार्थ दुग्धबर्धक जडिबुटी औषधि प्रवर्द्धन कार्यक्रम अन्तर्गत मिति २०८३/०४/१८ गते सुन्दरबजार न. पा. ९ को सामुदायिक भवनमा शहरी स्वास्थ्य केन्द्रको समन्वयमा गर्भवती महिला सुत्केरी आमा तथा स्वयमसेविकाहरुको उपस्थितिमा स्तनपानको महत्व एवं दुग्धबर्धक जडिबुटी औषधिहरुको बारे अभिमुखिकरण गरियो। सोही अवसरमा उपस्थित १७ जना सुत्केरी आमाहरुलाई शतावरी चूर्ण ज्वानो चूर्ण साथै दशमूल तेल समेत वितरण गरियो।


Download: स्तनपान सप्ताहको अवसरमा स्तनपायी आमाहरुलाई मातृशिशु सरक्षार्थ दुग्धबर्धक जडिबुटी औषधि प्रवर्द्धन
3
