स्वस्थ जीवनशैली कार्यक्रम
प्रदेश आयुर्वेद चिकित्सालय बेसीशहर लमजुङको आयोजना तथा सोतिपसल आयुर्वेद औषधालयको समन्वयमा उद्धमी आमा समूह भवन, मध्यनेपाल न.पा.-२, सोतिपसल, लमजुङमा मिति २०८२/०८/२९ गते स्वस्थ जीवनशैली कार्यक्रम आयोजना गरी सम्पन्न भएक छ । प्रदेश आयुर्वेद चिकित्सालय बेसीशहर लमजुङका कार्यालय प्रमुख डा. उत्सव पौडेलको अध्यक्षता तथा मध्यनेपाल नगरपालिका-०२, का वडा अध्यक्ष श्री पदम बहादुर थापाको प्रमुख आतिथ्यता साथै नागरिक वडा समूह, नागरिक समाजका प्रवुद्ध वर्ग, शिक्षक, सामुदायीक महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, सरकारी तथा गैर सरकारी क्षेत्रमा कार्यरत कर्मचारी, गृहिणी तथा होटल ब्यवसायी आदिको उपस्थिती रहेको थियो।कार्यक्रमको सञ्चालन प्रदेश आयुर्वेद चिकित्सालयका वैद्य निरीक्षक श्री प्रेम प्रसाद पौडेलले गर्नुभएको थियो।मध्यनेपाल नगरपालिका-०२, का वडा अध्यक्ष श्री पदम बहादुर थापाले शुभकामना मन्तव्य दिँदै यस्ता कार्यक्रमहरूले समुदायस्तरमा स्वास्थ्यप्रति चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रमको स्वागत मन्तव्य चिकित्सालयकी आयुर्वेद चिकित्सक डा. रोजिना पौडेलले राख्नुभएको थियो।उहाँले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य, महत्त्व र समुदायमा यसको प्रत्यक्ष प्रभावबारे संक्षिप्त परिचय दिनुभयो।कार्यक्रमको उद्घाटन समारोहको समापन तथा शुभकामना सन्देश चिकित्सालय प्रमुख डा. उत्सव पौडेलले दिनुभएको थियो।उहाँले वर्तमान समयमा मानिसहरूमा स्वास्थ्यप्रतिको चेतनाको अभाव, अव्यवस्थित र अस्वस्थकर खानपान, निष्क्रिय जीवनशैली र शारीरिक श्रमको कमीका कारण मुटुरोग, रक्तसञ्चारसम्बन्धी रोगहरू, मोटोपना, मधुमेह लगायतका जीवनशैलीजन्य रोगहरू तीव्र गतिमा बढ्दो क्रममा रहेको उल्लेख गर्नुभयो।यस समस्याको समाधानका लागि स्थानीय जडीबुटीहरूको पहिचान र प्रयोग, भान्सा व्यवस्थापन, पोषणयुक्त तथा हितकर आहारविहारको अपनत्व, नियमित व्यायाम, योग, ध्यान र प्राणायामको अभ्यास आवश्यक रहेको उहाँले जोड दिनुभयो। कार्यक्रममा आहार विधि र स्वस्थ जीवनशैली, ऋतु र खानपिन, घर तथा भान्सा वरिपरी पाइने जडिबुटीहरुको प्रयोग र मात्रा बारे जानकारी साथै योग ध्यान सम्वन्धि सैद्धान्तिक र ब्यावाहारीक ज्ञान आदि विषयवस्तुमा रहि डा.उत्सव पौडेल, डा.रोजिना पौडेल र हरिनारायण राय यादवले अभिमुखिकरण गर्नुभएको थियो ।
Download: स्वस्थ जीवनशैली कार्यक्रम
28
