"स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम" सम्पन्न।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र लमजुङको आयोजनामा मिति २०८१\०१/२४ गतेका दिन सुन्दरबजार न.पा. वडा नं १० को वडा कार्यालयमा त्यस वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका लगायत विभिन्न आमासमुहबाट संस्थावाट पाल्नुभएका प्रतिनिधिज्युहरुको सहभागितामा "स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम" सम्पन्न भएको छ । उक्त कार्यक्रम यस कार्यालयक कार्यालय प्रमुख डा. उत्सव पौडेलज्यु को अध्यक्षता तथा सुन्दरबजार न.पा. वडा नं १० का वडा अध्यक्ष दिपक राज ढकालज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । ७० जना सहभागिता रहेको सो कार्यक्रममा डा. उत्सव पौडेल र प्रेम प्रसाद पौडेलले आहार विधि विधान, भान्सा वरिपरी पाइने जडिबुटीको बिषयमा सैद्धान्तिक साथै अंकुरित भोजन, तक्र (मोही), बिल्व पानक, वरुण (सिप्लिकान) को परिकार को निर्माण विधि, उपयोग एवं लाभको बारे प्रयोगात्मक विषयमा आधारित रही अभिमुखीकरण गर्नु भएको थियो ।
Download: "स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम" सम्पन्न।
8
