मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी/औषधि वितरण तथा अभिमुखिकरण कार्यक्रम
प्रदेश आयुर्वेद चिकित्सालय, बेसीशहर लमजुङको आयोजनामा राइनास न.पा.-८, तार्कुघाटमा रहेको तार्कुघाट स्वास्थ्य चौकीमा, मिति २०८२-१२-१९ गते मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी/औषधि वितरण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । Birthing Center तथा खोप केन्द्र रहेको उक्त स्वास्थ्य चौकीमा बच्चालाई नियमित खोप लगाउन आउने ६ महिना सम्मका आमाहरुलाई र भर्खर सुत्केरी भएका महिलाहरुलाई उनीहरुको स्वास्थ्य जाँच गरी दुग्धबर्धक शतावरी चूर्ण, ज्वानो चूर्ण तथा शारीरिक रुपमा बेदना/दुखाइ साथै हात खुट्टाका जोर्नीहरु कमजोर भएकाहरुलाई आराम दिलाउन दशमूल तेल समेत वितरण गरिएको थियो । साथै Birthing Center, खोप केन्द्र तथा लेवर वार्डमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई र समुदाय स्तरमा जनचेतना बृद्धि गर्नका लागि सामुदायीक महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई दुग्धवर्धक जडिबुटी तथा औषधिबारे र स्तनपानको महत्वबारे अभिमुखिकरण गरिएको थियो ।उक्त कार्यक्रममा २६ जना स्तनपायी आमाहरुले सेवा लिनु भएको थियो ।
Download: मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी/औषधि वितरण तथा अभिमुखिकरण कार्यक्रम
34
