क्षमता अभिवृद्धि तालिम कार्यक्रम
प्रदेश आयुर्वेद चिकित्सालय बेसीशहर लमजुङको आयोजनामा आउटरिच क्लिनिक भवनको हल बेसीशहर न.पा.-३, रानीकुवा लमजुङमा मिति २०८२-१२-०९ र १० गते नागरिक आरोग्य सेवा केन्द्र तथा आयुर्वेद औषधालयका कर्मचारीहरुका लागि क्षमता अभिबृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ । प्रदेश आयुर्वेद चिकित्सालय बेसीशहर लमजुङका कार्यालय प्रमुख डा. कुमार कासुलाको अध्यक्षता तथा वेसीशहर नगरपालिका-०३, का वडा अध्यक्ष श्री चित्र बहादुर दनाईको प्रमुख आतिथ्यता, स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका वरिष्ठ तथ्याङ्क अधिकृत श्री दिवाकर शर्मा, प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका कार्यालय प्रमुख श्री शैलेन्द्र कुमार सिंह, कोष तथा लेखा नियन्त्रक कार्यालय लमजुङका कोष नियन्त्रक श्री हुमलाल रेउले, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङका सभापति श्री ऋषिराम घिमिरे, कार्यक्रम अधिकृत गणेश गौली साथै लमजुङ जिल्ला स्थीत सम्पुर्ण आयुर्वेद औषधालयहरु र नागरिक आरोग्य सेवा केन्द्रहरुबाट प्रमुख तथा प्रतिनिधिहरु लगाएतको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। तालिम कार्यक्रममा लमजुङ जिल्ला स्थीत सम्पुर्ण आयुर्वेद संस्थाहरुबाट १/१ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रदेश आयुर्वेद चिकित्सालयका आयुर्वेद चिकित्सक डा. रोजिना पौडेल ले स्वागत मन्तव्य राख्नु भएको थियो भने बैद्य निरीक्षक प्रेम प्रसाद पौडेलले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो।तालिम कार्यक्रम २ दिन सञ्चालन भएको थियो।
Download: क्षमता अभिवृद्धि तालिम कार्यक्रम
36
